अमेरिका आज नेपाल आउँदै
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१९

यहि माघ २२ गतेबाट नेपालमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि अमेरिकाको टोली आज नेपाल आइपुग्दै छ । अमेरिकाको टोली राती आठ बजे नेपाल आइपुग्ने छ ।

अमेरिकाले नेपाल आउनु अघि भारतको भ्रमण गरेको थियो । माघ १० गते मुम्बई आइपुगेको टोलीले भारत भ्रमणमा तीनवटा ५० ओभरको अभ्यास खेल पनि खेल्ने छ ।

विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग टु को अंक तालिकामा अमेरिका पहिलो स्थानमा रहेको छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत तथा दुईमा हारको सामना गर्दै १२ अंकका साथ पहिलो स्थानमा रहेको छ । आठ खेल नै खेलेको स्कटल्यान्ड चार जीत, तीन हार र एक बराबरीका साथ नौं अंक सहित दोश्रो स्थानमा रहेको छ ।

अमेरिकाको टोली:

सौरभ नेट्रावाल्कर (कप्तान)

स्टेभेन टेलर

करिमा गोरे

इयान होल्यान्ड

अक्षय होमराज

एल्मोरे हट्चिनसन

आरोन जोन्स

नोस्थुश केन्जिगे

जेभिएर मार्शल

मोनांक पटेल

तिमिल पटेल

निसराग पटेल

क्यामरोन स्टेभेन्सन

रस्टी थेरन

लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल भर्सेज ओमान

माघ २३ ओमन भर्सेज अमेरिका

माघ २५ नेपाल भर्सेज अमेरिका

माघ २६ नेपाल भर्सेज ओमान

माघ २८ अमेरिका भर्सेज ओमान

माघ २९ नेपाल भर्सेज अमेरिका