न्युजिल्यान्ड बिरुद्ध भारत : क्लिन स्विप गर्ने दाउमा भारत
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१९

घरेलु टोली न्युजिल्यान्ड र भारत बीचको पाँचौं तथा अन्तिम ट्वान्टी ट्वान्टी खेल आज हुँदैछ । माउन्ट मौनगानुइमा हुने खेल नेपाली समय अनुसार दिउँस १२:४५ बजे शुरु हुनेछ ।

पाँच खेलको शृंखलामा पाहुना टोली भारत ४-० ले अघि रहेकाले गर्दा आजको खेल जीत्दै क्लिन स्विप गर्ने दाउमा हुनेछ भने न्युजिल्यान्ड सान्त्वना जीतको खोजीमा हुनेछ ।

पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो । त्यस्तै बाँकी दुई खेलमा न्युजिल्यान्ड सुपर ओभरमा पराजित भएको थियो ।