न्युजिल्यान्ड बिरुद्ध भारत : भारतले दियो १८० रनको चुनौतीपुर्ण लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१५

ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीको उत्कृस्ट पारीको मद्धतमा भारतले घरेलु टोली न्युजिल्यान्डलाई तेश्रो ट्वान्टी ट्वान्टी खेलमा जीतका लागि १८० रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको भारतले पाँच विकेटको नोक्सानीमा १७९ रन बनायो ।

भारतका लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुलले तुफानी शुरुवात दिए । उनीहरुले पहिलो विकेटको लागि आठ दशमलब छ ओभरमा ८९ रन जोड्दै राम्रो शुरुवात दिए । तर १२ बलको अवधिमा सात रन जोड्दै भारतले तीन विकेट गुमाए पछि भारत दबाबमा पर्यो । भारतले राहुल (१९ बलमा २७ रन), रोहित र शिभम दुबे (सात बलमा तीन रन) लाई सात बलको अन्तरालमा गुमाएको हो ।

भारतलाई चुनौतीपुर्ण स्कोर तर्फ लग्ने क्रममा रोहितले आक्रमक पारी खेल्दै ४० बलमा छ चौका र तीन छक्काको मद्धतमा सर्वाधिक ६५ रन जोडे । भारतका लागि कप्तान विराट कोहलीले पनि २७ बलमा ३८ तहत श्रेयस ऐयरले पनि १७ रनको योगदान दिए ।

त्यस्तै अविजित रहेका रविन्द्र जडेजा र मनिष पाण्डेले क्रमसः पाँच बलमा १० रन र छ बलमा १४ रन जोडे ।

न्युजिल्यान्डका हमिष बेन्नेट महँगो साबित भएता पनि सवाधिक तीन विकेट लिए भने मिचेल स्यांटनर र कोलिन डी ग्रान्डहोमले पनि समान १-१ बिकेट हात पारे ।

पाँच खेलको शृंखलामा पाहुना टोली भारत २-० ले अघि रहेको छ । आजको खेल आफ्नो पक्ष्यमा पार्न सकेको खण्डमा भारतले दुई खेल अगावै शृंखला माथि कब्जा जमाउने छ । न्युजिल्यान्डले भने शृंखलालाई जीवन्त राख्ने हो भने कम्तिमा पनि तेश्रो तथा चौथों ट्वान्टी ट्वान्टी खेल जीत्न पर्ने हुन्छ ।

पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो ।