न्युजिल्यान्ड बिरुद्ध भारत : भारतको सहज जीत 
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१२

घरेलु टोली न्युजिल्यान्ड बिरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा पाहुना टोली भारतले विकेटको सहज जीत हात परेको छ । आजको जीतसँगै भारतले पाँच खेलको शृंखलामा २-० को अग्रता लिएको छ ।

जीतका लागि १३३ रनको झिनो लक्ष्य भारतले दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा पार गर्यो ।

आठ रन बनाएका ओपनर रोहित शर्मा र ११ रन बनाएका कप्तान बिराट कोहलीलाई गुमाएर खराब शुरुवात गरेको भारतको जीतमा विकेट किपर तथा ओपनर ब्याट्सम्यान केएल राहुल र श्रेयस ऐयरले ११ दशमलब एक ओभरमा ८६ रन जोड्दै भारतलाई जीत तर्फ लगे ।

३३ बलमा ४४ रन जोड्दै इश शोदीको शिकार भएता पनि राहुलले ५० बल खेल्दै तीन चौका र दुई छक्काको मद्धतमा अविजित ५७ रन बनाएर भारतको जीत शुनिश्चित गरे ।

न्युजिल्यान्ड टिम साउथीले दुई विकेट हात पारे ।

खेलमा टस जीतेर पहिले ब्याटिंङ गरेको न्युजिल्यान्डले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा न्युजिल्यान्डको लागि ओपनरद्वय मार्टिन गुप्टिलले सर्वाधिक ३३ रन बनाए भने अर्का ओपनर कोलिन मुन्रोले पनि २६ रनको योगदान दिए । कप्तान केन विलियमसन र कोलिन डी ग्रान्डहोमपनि क्रमसः १४ र तीन रन बनाएर सस्तैमा आउट भए ।

ओपनरद्वय गुप्टिल र मुन्रोले पहिलो विकेटका लागि पाँच दशमलब छ ओभरमा ४८ रन जोड्दै राम्रो शुरुवात दिएता पनि त्यस पछिका ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा न्युजिल्यान्ड १३औं ओभरमा ८१ रनको स्थितीमा खुम्चिन पुग्यो ।
तर रस टेलर र विकेट किपर ब्याट्सम्यान टिम सेइफर्टले पाँचौं विकेटका लागि ४४ रन जोड्दै न्युजिल्यान्डलाई सम्मानजनक स्कोर तर्फ लगे । टेलर १८ रन बनाएर आउट भए भने सेइफर्ट ३३ रनमा अविजित रहे ।

न्युजिल्यान्डलाई सानो योगफलमा रोक्ने क्रममा भारतका रविन्द्र जडेजाले किफायती बलिङ गर्दै चार ओभरमा मात्र १८ रन खर्चिएर दुई बिकेट हात पारे । जडेजा बाहेक शिभम् दुबे, जस्प्रित बुम्रा र शार्दुल ठाकुरले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।