विलियमसन, टेलर र मुन्रोको अर्धशतकमा न्युजिल्यान्डले भारतलाई दियो २०४ रनको विशाल लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१०

कप्तान केन विलियमसन, रस टेलर र कोलिन मुन्रोले अर्धशतक प्रहार गरे पछि घरेलु टोली न्युजिल्यान्डले भारतलाई पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा २०४ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको न्युजिल्यान्डले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०३ रन बनायो ।

न्युजिल्यान्डका ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुन्रोले शुरवात देखि नै आक्रमक खेल्दै पहिलो विकेटका लागि सात दशमलब पाँच ओभरमा ८० रन जोडे । १९ बलमा चार चौका र एक छक्काको मद्धतमा ३० रन बनाएका गुप्टिल आउट भए पछि मुन्रोले कप्तान केन विलियमसनसँग मेलेर चार ओभरमा ३६ रन जोडे ।

४२ बल खेल्दै छ चौका र दुई छक्का सहित ५९ रन जोडेका मुन्रो शार्दुल ठाकुरको शिकार भए भने दुई बल खेल्दै रनको खाता पनि खोल्न नभ्याएका कोलिन डी ग्रान्डहोम रबिन्द्र जडेजाको शिकार भए ।

त्यस पछि कप्तान विलियमसनले रस टेलरसँग मिलेर न्युजिल्यान्डको पारी अगाडी बढाए ।२५ बलमा अर्ध शतक पुरा गरेका विलियमसनले २६ बलमा समान ४-४ चौका र छक्काको मद्धतमा ५१ रन जोडे । उनले चौथों विकेटका लागि टेलरसँग मिलेर मात्र २८ बलमा तुफानी ६१ रनको शाझेदारी गर्दै न्युजिल्यान्डलाई विशाल योगफल तर्फ लगे । टेलर २७ बलमा समान ३-३ चौका र छक्का प्रहार गर्दै ५४ रनमा अविजित रहे ।

भारतका जस्प्रित बुम्रा, शार्दुल ठाकुर, युज्बेन्द्र चाहाल, शिभम् दुबे र रबिन्द्र जडेजाले समान १-१ विकेट हात पारे । महँगो साबित भएका मोहम्मद शामीले चार ओभरमा ५१ तथा शार्दुल ठाकुरले तीन ओभरमा ४४ रन खर्चिए ।