घरेलु मैदानमा हुने विश्वकप लिग टु का लागि कुशल र कमल पहिलो पटक राष्ट्रिय टोलीमा
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१०

विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित नेपालमा आयोजना हुने एकदिवसीय शृंखलाका लागि यु१९ टोलीका कुशल मल्ल र कमल सिंह ऐरीले एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

कुशल यस अघि नेपालले सिंगापुर र ओमानमा खेलेको ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय शृंखलामा डेब्यु गरिसकेका छन् भने कमलले पहिलो पटक रास्ट्रिय टोलीमा प्रवेस पाएका हुन् ।

राष्ट्रिय टोलीका तिब्र गतिका बलर सोमपाल कामी र बायाँ हाते स्पिनर बसन्त रेग्मी भने १४ सदस्यिय टोलीमा परेका छैनन् । सोमपाल पछिल्लो समय देखि ढाडको समस्याका कारण बिश्राममा रहेका छन् भने बसन्त पुत्री लाभ भएका कारण बन्द प्रशिक्षणमा सहभागिता जनाउन नसकेकाका कारण टोलीमा पर्न असमर्थ रहेका हुन् ।

त्यस्तै दाजुको असमाहिक निधनका कारण भारतमा रहेका शरद भेषावाकरले भने अन्तिम १४ मा स्थान पक्का गरेका छन् ।

लामो समय पछि विकेट किपर ब्याट्सम्यान सुभाष खकुरेलले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने आफ्नो इच्छा केहि समयका लागि थाती राख्न पर्ने भएको छ । उनले पनि अन्तिम १४ मा स्थान बनाउन सकेनन् ।

टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेल नेपालले माघ २२ गते ओमान बिरुद्ध खेल्ने छ ।


नेपाली टोली

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिँह ऐरि

पारस खड्का

करण केसी

सन्दिप लामिछाने

बिनोद भण्डारी

अविनाश बोहोरा

सुशन भारी श्रेष्ठ

आरिफ शेख

ललित नारायण राजबंशी

कमल सिंह एरि

रोहित कुमार पौडेल

शरद भेषावाकर

कुशल मल्ल