सन्दिपको उत्कृस्ट पहिलो ओभर
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-०१

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिग अन्तर्गत पर्थ स्कोचर्स बिरुद्धको आफ्नो पहिलो ओभरमा मात्र तीन रन खर्चिएका छन् ।

मेलबर्न स्टार्सको लागि सातौं तथा आफ्नो पहिलो ओभरमा सन्दिपले किफायती बलिङ गर्दै मात्र तीन रन खर्चिएका हुन् भने विकेट निकाल्न सकेनन् । पहिलो, दोश्रो र चौथों बलमा एक-एक सिङ्गल दिएका सन्दिपले बाँकी बलमा रन दिएनन् ।

सन्दिपले पछिल्लो खेलमा सिड्नी सिक्सर्स बिरुद्धको खेलमा चार ओभर बलिङ गरेका ३५ रन खर्चिएर एक विकेट मात्र हात पारेका थिए ।

घाइते भएका कारण एक खेलमा गुमाएका उनले यस संस्करणमा आठ खेल खेल्दै नौं विकेट लिएका छन् । सन्दिपले यस अघि भएका खेलहरुमा चारमा समान १-१, दुईमा तीन र दुई विकेट लिएका थिए भने बाँकी दुईमा विकेट बिहिन रहेका थिए ।

नौं खेलमा आठ जीत निकाल्दै १६ अंकका साथ मेलबर्न अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानको सिड्नी सिक्सर्स भन्दा चार अंकले अघि रहेको छ ।