भारत बिरुद्ध अस्ट्रेलिया : शुरुवात राम्रो गर्दा पनि निरिह बन्यो भारत
क्रीकेटिङ्ग नेपाल     २०७६-०९-२९

घरेलु टोली भारतले अस्ट्रेलिया बिरुद्धको पहिलो एकदिवसीय खेलमा राम्रो शुरुवात गरेता पनि मध्यमा चुक्दा ठुलो स्कोर बनाउनबाट चुकेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब एक ओभरमा अलआउट हुन पुग्यो र २५५ रन मात्र बनाउन सक्यो ।

ओपनर रोहित शर्मा १५ बलमा १० रन बनाउँदै खराब शुरुवात गरेको भारतलाई मध्यम स्कोर तर्फ लग्ने क्रममा अर्का ओपनर शिखर धवन र केएल राहुलले १२३ रनको शाझेदारी गरे ।

भारतको तर्फबाट सर्वाधिक रन जोडेका धवनले ९१ बलमा नौं चौका र एक छक्काको मद्धतमा ७४ रन बनाए भने राहुलले पनि ४७ रनको पारी खेले । भारतले लगातार अन्तरमा धवन र राहुल बाहेक कप्तान बिराट कोहली १६ रन तथा श्रेयस ऐयर चार रनलाई सानो योगफलमा खुम्चिने देखियो । तर विकेट किपर रिशब पन्त र रविन्द्र जडेजाले क्रमसः २८ र २५ रन जोड्दै भारतलाई सम्मानजनक स्कोर तर्फ लिएर गए ।

शुरुवात राम्रो गरेता पनि मध्यमा भारतको पारी धोस्त पार्ने क्रममा मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए भने प्याट कमिन्स र केन रिचर्डसनले पनि समान २-२ विकेट हात पारे ।