नेपाली टोली भोली पोखरा जाँदै
क्रीकेटिङ्ग नेपाल     २०७६-०९-२८

विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित नेपालमा आयोजना हुने एकदिवसीय शृंखलाको बन्द प्रशिक्षणका लागि नेपाली टोली भोली (मंगलबार) पोखरा जाँदै छ ।

शुरुमा पोखरामा बन्द प्रशिक्षण गर्ने भनिएता पनि पोखरामा लगातारको वर्षाका कारण मैदान हिलाम्मे भए पछि राष्ट्रिय टोलीले हिजो र आज (आइतबार र सोमबार) टियु क्रिकेट मैदानमा रहेको इन्डोरमा अभ्यास गरेको थियो ।

बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघले २४ जना खेलाडीलाई बोलाएको छ । क्यानले केहि दिन अघि निकालेको नामहरुमा युवा खेलाडीको बाहुल्यता रहेको छ भने एक बर्ष पछि विकेट किपर ब्याट्सम्यान सुभाष खकुरेलले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । सुभाषले पछिल्लो पटक मलेसियामा आयोजना भएको एसिया कप छनोटमा नेपालको लागि खेलेका थिए ।

त्यस्तै तीन बर्ष अघि विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपालमा आयोजना भएको केन्या बिरुद्धको खेलमा ओपनिङ गरेका सुनिल धमलाले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । सार्वजनिक गरेको २४ सदस्य टोलीमा कुशल मल्ल, कमल सिंह एरि, किशोर महतो, सुमित महर्जन, लोकेश बम जस्ता युवा खेलाडीलाई समावेस गरिएको छ ।

त्यस्तै नेपालले लिग टु अन्तर्गतको पहिलो त्रिकोणत्मक श्रंखलामा यही माघ २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा ओमान र अमेरिकासँग खेल्न गइरहेको छ । यसको लागि नेपालले त्रिवि मैदान र पिचको स्तरोन्नति गरिरहेको छ ।

त्रिवि मैदानमा पहिलो खेल २२ गते बुधबार ओमानसँग खेल्ने नेपालले दोश्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ । बिहिबार त्रिवि मैदानमा ओमान र अमेरिका खेल्नेछन् ।

लगातार दुई खेल खेल्ने कार्यक्रम रहेको नेपालले २६ गते आइतबार फेरि ओमानसँग खेल्नेछ । सोमबार दोश्रो बिश्राम दिन रहेको छ । २८ गते ओमान एक पटक फेरि आमने–सामने हुनेछन् भने त्यसको भालिपल्ट अन्तिम दिन नेपाल र अमेरिका खेल्नेछन् ।

बन्द प्रशिक्षणमा रहेका नेपाली खेलाडीहरु

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिँह ऐरि

पारस खड्का

करण केसी

सन्दिप लामिछाने

सोमपाल कामी

बिनोद भण्डारी

अविनाश बोहोरा

सुशन भारी श्रेष्ठ

कुशल भुर्तेल

सन्दिप जोरा

आरिफ शेख

पवन शर्राफ

ललित नारायण राजबंशी

कमल सिंह एरि

रोहित कुमार पौडेल

शरद भेषावाकर

सुभाष खकुरेल

कुशल मल्ल

किशोर महतो

सुमित महर्जन

लोकेश बम

बसन्त रेग्मी

सुनिल धमला

लिग टु को खेल तालिका

माघ २२ नेपाल भर्सेज ओमान

माघ २३ ओमन भर्सेज अमेरिका

माघ २५ नेपाल भर्सेज अमेरिका

माघ २६ नेपाल भर्सेज ओमान

माघ २८ अमेरिका भर्सेज ओमान

माघ २९ नेपाल भर्सेज अमेरिका