आरिफ र सन्नीको बिष्फोटक साझेदारीमा राइनोजले बनायो चुनौतिपूर्ण योगफल
क्रीकेटिङ्ग नेपाल     २०७६-०९-०६

आरिफ शेख र सन्नी पटेलले एक पटक फेरि बिष्फोटक अद्र्धशतकीय साझेदारी गरेपछि चितवन राइनोजले पोखरा प्रिमियर लिग अन्तर्गतको आफ्नो चौथो खेलमा बिराटनगर टाइटन्सलाई १ सय ४७ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

स्पिनरद्वय शाहब आलम र पुनित मेहराले कसिलो बलिङ्ग गर्दै १७ दशमलव दुई ओभरसम्म चार विकेटको क्षतिमा ९२ रनमा रोकेपछि आरिफ र सन्नीले १४ बलमा नटआउट ५४ रनको साझेदारी गर्दै १ सय ४६ रनसम्म डो¥याएका थिए ।

सन्नी एक्लैले जितेन्द्र मुखियाको १९ औं ओभरबाट २७ रन बटुलेका थिए । सन्नीले ८ बलमै तीन छक्का र एक चौकाको मद्दतमा २७ रन बनाए । पछिल्लो दुई खेलमा आक्रमक ४५ र ४७ रन बनाएका आरिफले एक पटक फेरि उत्कृष्ट ब्याटिङ्ग गर्दै २२ बलमा ३९ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरे ।

ओपनर रोहन मुस्तफा (७) लाई १३ रन हुदा गुमाएको राइनोजका लागि कप्तान पारस खड्का र बाबर हायतले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर शाहब र पुनितले कसिलो बलिङ्ग गर्दै राइनोजको रन गतिलाई रोकेका थिए ।

पारसले ३८ बलमा ३५ र बाबरले ३१ बलमा २५ रन बनाए । पारसले पाँच र बाबरले दुई चौका हिर्काए । यो खेलमा जित हात पारेको खण्डमा राइनोज प्लेअफ पक्का गर्नेछ । उसको लगातार तीन जितबाट ६ अंक भएको छ ।