बिग ब्यास लिगमा सन्दिप मेलबर्न स्टार्सको प्लेयिङ्ग ११ मा
क्रीकेटिङ्ग नेपाल     २०७६-०९-०४

अष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गतको मेलबोर्न स्टार्सले ब्रिसबेन हिटबिरुद्धको खेलका लागि नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई टोलीमा समावेश गरेको छ ।

ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको स्टार्सले प्रतियोगितामा पहिलो खेल खेल्न गइरहेको हो । गत सिजन फाइनल पुगेको स्टार्सका लागि सन्दिपले उल्लेखनीय प्रदर्शन गरेका थिए । स्टार्सको शुक्रबार उत्रिएको टोलीमा सन्दिप र म्याक्सवेलसँगै मार्कस स्टोइनिस, निक म्याडिसन, हिल्टन कार्टराइट, पिटर ह्यान्ड्सकम्ब, बेन डंक, क्लिन्टन हिन्चलिफे, एडम जाम्पा, ड्यानिएल वोराल र ह्यारिस रउफ रहेका छन् ।

अघिल्लो सिजन ८ खेल मात्र खेलेका सन्दिपले कुल ११ विकेट लिएका थिए । सन्दिपले बिग ब्यासमा यो सिजनका सबै खेलहरु खेल्नेछन् । गत बर्ष उनी बिग ब्याससँगै बङ्गलादेश प्रिमियर लिग पनि खेल्दै फेरि अष्ट्रेलिया फर्केका थिए । उनी फर्किनलाई स्टार्स बिग ब्यासको प्लेअफमा पुग्नुपर्ने थियो ।