पोखरा चितवनबिरुद्ध प्रतियोगिताकै कम योगफलमा समेटियो
क्रीकेटिङ्ग नेपाल     २०७६-०९-०१

डिफेन्डिङ्ग च्याम्पियन पोखरा पल्टन पोखरा प्रिमियर लिग अन्तर्गत चितवन राइनोजबिरुद्धको खेलमा प्रतियोगिताकै कम योगफलमा समेटिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारि पहिलो ब्याटिङ्ग गरेको पोखरा २० ओभरमा एक सय ७ रनमै समेटियो । यसअघि काठमाडौं गोल्डेन वारियर्सले पोखराबिरुद्ध बनाएको १ सय १५ रन प्रतियोगिताकै कम योगफल रहेको थियो ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका दुई बिदेशी खेलाडी सन्नी पटेल र रोहन मुस्तफाले कसिलो बलिङ्ग गर्दै २–२ विकेट लिएका थिए । सन्नीले चार ओभरमा एक मेडन राख्दै मात्र १५ रन खर्चिएका थिए भने रोहनले २२ रन खर्चिए ।

भुवन कार्कीले तीन ओभरमा १६ रन खर्चदै दुई विकेट लिएका थिए । पोखराका लागि कप्तान शरद भेषावकरले केही आकर्षक शटहरु खेल्दै ३९ बलमा ४५ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।

कुशल मल्ले दुई छक्काको मद्दतमा १३ रन बनाएका थिए । शरदले कुशलसँग पाचौं विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । करण केसी, बिक्रम सोब र कप्तान पारस खड्काले पनि चितवनका लागि एक–एक विकेट लिए ।

पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराएको थियो ।